surkhet

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट ,

surkhet

असोज ५ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा गरिएको मनोनयन बदर आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

गौतमको नियुक्ति संविधानविपरीत भएको परमादेश लगायत अन्य उपयुक्त आदेशको माग सहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन्। रिटको सुनुवाई बुधबार हुने सर्वोच्चले जानकारी दिएको निवेदक त्रिपाठीले रंग दर्पणलाई बताए।

पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसामु प्रस्ताव गरेको थियो।

Dailekh
Gorkha

सोहि आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई असोज १ गते नियुक्त गरेकी थिइन्। प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिट परेको हो।

प्रतिनिधसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसदको सोही कार्यकालभित्र राष्ट्रियसभामा मनोनित गरिनु जनताको अभिमतको गम्भिर अपमान र संविधानको जालसाजीपूर्ण एवं कपटपूर्ण प्रयोग गरिएको निवेदनमा उल्लेख छ ।

रिट निवेदकले निवेदनको टुंगो नलागेसम्म गौतमलाई राष्ट्रिय सभाको हैसियतले कुनै कार्य नगर्नु नगराउन साथै निजलाई मन्त्रिमण्डलमा सामेल नगर्नु नगराउन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गर्न त्रिपाठीले माग गरेको छन् ।

 

 

salyan