डा .केसीको स्वास्थ्य अवस्था बिग्रिदै आज काठमान्डौ आएरपनि सत्याग्रह गर्ने ,

असोज ६ ,काठमान्डौ – स्वास्थ्य अवस्था विग्रिदै गएपछि डा. गोविन्द केसीलाई
आज काठमान्डौ ल्याईदै छ।आज बिहान ११ बजे सम्म उनलाई काठमान्डौ ल्याउने तयारि भईरहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियू कक्षमा अनशनरत सत्याग्रही बसेका केसीलाई हिजो नेपालगन्ज भेरी अस्पतालमा ल्याएर उपचार गरिएको थियो।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल संचालन गरिनुपर्ने माग राखी चन्दननाथ,६ रानीचौरस्थित केसीले १९ औं सत्याग्रह सुरु गरेका थिए।

बाविरामष्टको मन्दिरमा अनसनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जर्बजस्ती अस्पताल पुर्याएको थियो । आफुलाई अपहरण शैलीमा अप्रहरिले उठाएको भन्दै केसीले उपचार गर्न मानेका थिएनन।
केसी काठमान्डौमा आएर पनि सत्याग्रहलाई निरन्तरता दिने बताउछन। सरकारले पहिले आफु संग गरेका सम्झौता माग पुरा गर्नुपर्ने ,पीसीआर टेस्टको दायरा बढाउनुपर्ने भन्दै केसीको १९ औं सत्याग्रको आठौदिन उनको स्वास्थ्यमा समस्या देखिएको थियो।
