नेपालमा कोरोनाको संख्या दैनिक बढ्नु खतराको संकेत हो,विश्व स्वास्थ्य संगठन ,

असोज ६ ,काठमान्डौ – नेपालमा दैनिक जस्तो कोरोन संक्रमण बढ्दो छ भने मृत्यु संख्या समेत बढ्ने गरेको पाईएको छ। कोरोना संक्रमितको संख्या बढेपनि सरकारले पीसीआर आर्डिटि परिक्षणको मात्र भने घटाएको छ।
पछिल्लो एक सातालाई मात्र हेर्ने हो भने असोज २ गते नेपालमा नसोचेकै २ हजार २० जनामा कोरोना संक्रमण फेला पर्यो जुनबेला सरकारले ११४५८,पीसीआर टेस्ट गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण दर १० प्रतिशतभन्दा बढ्नु घातक संकेत हो । तर नेपालमा भने कोभिड १९ संक्रमण एक सातालाई नियाँल्दा १४ प्रतिशत छ।
हिजोमात्र नेपालमा ११५४ जनामा कोरोना संक्रमण फेला परेको थियो सरकारको पीसीआर परिक्षण भने ९ लाखको हाराहारीमा छ। तेस्तै हिजोमात्र नेपालमा कोरोनाबाट १६ जनाको निधन भएको छ।
]संक्रमणदर बढ्नु भनेकै महामारी नियन्त्रण प्रभावकारी नभएको हो भन्ने संक्रामक रोग विशेषज्ञ जनस्वास्थ्यज्ञ र कोरोनाको संक्रमणमा खटीएका डाक्टरहरु बताउछन।
डाक्टरको सल्हाअनुसर कुनै समुदायमा १ हजार संक्रमित छन् भने ५ हजारकोको परिक्षण हुनुपर्ने हुन्छ जसले जोखिम समुहका मानिसहरुलाई बचाउन सकिन्छ ।
कोरोना महामारी रोक्न परीक्षण बढाएर संक्रमण दर कम्तीमा ३ देखि ५ प्रतिशतमा झार्नुपर्ने डाक्टरहरुको सुझाव छ । अहिलेको अवस्था र संक्रमणदरलाई हेर्ने हो भने जोखिम समूहका मानिसहरुलाई बचाउन निकै गाह्रो हुने संक्रमण डाक्टरहरु बताउछन।
तेस्तै सुरुमा ५ हजार ५ सयमा सरकारले गरेको पीसीआर परिक्षणलाई अहिले २ हजारमा गर्न पाउने भनेपनि नागरिकबाट ल्याबहरुले ५५ सयनै लिएको गुनासो आएको छ।
सर्वोच अदालतले भने नागरिकको निशुल्क पीसीआर परिक्षण किन नगरेको भन्दै सरकारलाई एक हप्ता भित्र जवाफ दिन माग गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ ,रास्ट्रपति। प्रधानमन्त्री ,मन्त्रिको पीसीआर निशुल्क परिक्षण गर्न मिल्ने नागरिकको किन नमिल्ने एक हप्ता सोको जवाफ दिनुहुन आदेश छ ।
