suekhet
bheriad

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्ने प्रधानमन्त्रीको भनाई

lekabesi

असोज ६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रसङ्घ स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रसंघ निरन्तरता र रूपान्तरणमा सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताए ।

शान्ति,सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसङ्घबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै ओलीले समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको बताए ।

नेपालको विकास प्रक्रियामा राष्ट्रसंघ प्रमुख साझेदार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामी मानवअधिकारको रक्षा र प्रवद्र्धनका लागि सकारात्मकरूपमा योगदान गरिरहेका छौँ, सबै मानवअधिकार समान हुन् भन्ने हाम्रो मान्यता छ, तिनलाई समग्रतामा व्यवहार गर्न जरुरि छ।