डमरुमा रक्तचन्दन ओसारपसार गर्ने चार जना प्रहरी नियन्त्रणमा ,
असोज ६ ,काठमान्डौ – डमरुको मुढा बनाएर रक्तचन्दन ओसारपसार गर्ने समूहलाई परहरिले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा, बानेश्वरले २१ किलो ९ ग्राम रक्तचन्दनको दुई वटा मुढासंगै चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने हरुमा नुवाकोटका सुनिल तामाङ, ओमबहादुर तामाङ, कैलाश तामाङ र लाक्पा तामाङ छन् ।बौद्धमा रहेको डमरु कारखानाबाट रक्तचन्दनको कारोबार गर्ने तस्करले नँया शैली अपनाएको प्रहरीले निष्कर्ष निकालेको छ।
ओमबहादुर तामाङ भारतको दिल्लीमा काम गर्ने व्याक्ति हुन् , लकडाउनको बेला उनि भारतबाट नेपाल आएर डमरु कारखानामा बसेको र उनलेनै रक्तचन्दनका दुईवटा मुढा दिएर डमरु बनाइदिन भनेको प्रहरीको बयानमा उल्लेख छ ।
रक्तचन्दन ओसारपसार गर्ने समूह ठुलो हुनसक्ने भएपछि प्रहरीले सुक्ष्म अनुसन्धान अगाडी बढाएको बताएको हो।