सम्झनाको हत्याराका आफन्तले प्रहरीलाई उमेर घटाउने बयान दिएपछि थप अनुसन्धान ,

असोज ११ ,काठमान्डौ – बझाङको मस्टा,२ खिकाला गाउँकी १२ वर्षीया सम्झना विकको हत्यारालाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
हत्यारा स्थानीय राजेन्द्र बोहोरानै भएको प्रहरीले पुस्टि गरेको छ भने उसले आरोप स्वीकारिसकेको समेत जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्काले बताए।
उनका अनुसार राजेन्द्र बोहराले पहिले देखिने सम्झनाले कानमा लगाएका साना – साना सुनका गहना समेत माग्ने गरेको अनुसन्धानमा खुलेको छ। केहि दिन अगाडीमात्र बालिकाले हत्याराले सुन मागेको थियो।

बालिकाले आफ्नो हजुरबाउलाई लगाएको सुन बोहोराले माग्ने गरेपछि आफुले नलगाउने समेत जानकारी गरेकी थिइन्। हजुरबाउले आफुले ल्याईदिएको सुन हुन् केहि हुदैन उसले मागेर हुन्छ र भनेर जवाफ दिने गरेको बताएका थिए।
हत्यारा बोहरा पहिले पनि गाँउमा छोरि डकैति गर्ने ब्याक्ति हुन् ,उनको उमेर १८ वर्षको भएपनि आफन्तले उमेर घटाएर २०६३ सालको जन्म भनेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा छ।

सम्झना घाँस काट्न गएको मौका पारेर बोहराले घर नजिकै रहेको यौटा गोठको कोठामा बलात्कारी गरि हत्या गरेको प्रहरीले बताएको छ। यस अघि मन्दिरमा बलात्कारी पछि हत्या भनिएपनि उनको घर नजिकै रहेको सानो गोठ जस्तो झुपडी रहेको र जसमा सबै गाँउले हरुले खेत बारीबाट आउँदा कुटो कोदालो राख्ने गर्दथे।
सोहि स्थानमा उनको बलात्कारी पछि हत्या गरिएको स्थानीय आशा विकले रंग दर्पणलाई बताईन। बालिकाको हत्या दिनमा करिब ४ बजे तिर भएको बताईएको छ।
कक्षा ६ मा अध्यनरत बालिकाको अहिले विद्यालय बन्द छ ,घरमा परिवारलाई केहि काममा सघाउने भन्दै बुधबार बालिका घरबाट निस्कँदा डोको, नाम्लो र हँसिया लगेर घाँस काट्न भनि निस्केकी थिइन्। घटना स्थलमा रहेको सैले नछुनू भन्दै घटनास्थलमै छाडेर आएको थियो ।
सम्झना हत्यासम्बन्धी थप प्रमाण जुटाउन भन्दै जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली पुनः घटनास्थल मस्टा गाउँपालिकाको खिकाला गएको छ ।
टोलीले शनिबार घतान्स्थाल्मा पुगेर स्थानीयसंग सोध पुछ गरेको छ भने बालिकाले घरबाट निस्कंदा बोकेको डोको, नाम्लो र हँसिया कसैले नछुनू भन्दै घटनास्थलमै छाडेर आएको छ । घटनास्थलमा रहेको डोको, नाम्लो र हँसिया मृतक सम्झनाको फुपूले उठाइसकेको र सुरक्षित राख्न भनिएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए ।
