surkhet

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं: बाबुराम भट्टराई,

surkhet

असोज ११ ,काठमान्डौ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेको छन् ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता रहेका भट्टराईले बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने जिकिर गरे ।

आइतबार ट्वीटरमा लेख्दै भट्टराईले राजतन्त्रकालका नमिता, सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या भएको घटनामा राज्यले दोषीलाई पक्रिन नसक्ने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाहीको समेत माग गरेका छन् ।

Dailekh
Gorkha

कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको दुई वर्ष वितिसक्दा समेत सरकारले अपराधी पत्ता लगाउन सकेको छैन । दोषीलाई पत्ता लगाएर अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्नेमा भट्टराईले जोड दिएका हुन् ।

गत बुधबार बझाङ जिल्लाको मस्टा गाउँपालिकामा बलात्कार पछि हत्या गरिएकि १२ वर्षीय सम्झना विकको हत्यारालाई पक्राउ गरि फाँसी दिनुपर्ने भन्दै विभिन्न जिल्लामा प्रदर्शन जारि गरिएको छ।

salyan