बालुवाटारमा ओली प्रचण्डबीच भेटवार्ता ,

असोज १२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ।
मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन लगातार छलफलमा जुटेका प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का अध्यक्ष प्रचण्ड बीच सोमबार पनि छलफल जारि रहेको छ।

छलफलपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। छलफलमा पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहने वालुवाटार श्रोतले जनाएको हो ।

मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रिहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।
तेस्तै समीकरण मिलाउने भन्दै भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको समेत स्रोतहरुको भनाइ छ ।
