नेपालमा फेरी कोरोनाबाट स्वास्थ्यकर्मीको मृ,त्यु ,

असोज १२ ,काठमान्डौ – नेपालमा दोश्रोपटक स्वास्थ्यकर्मीको कोरोनाबाट ज्यान गएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षीय अहेब रामशिकल साहको सोमबार काठमान्डौमा उपचारकैबेला मृत्यु भएको हो ।
काठमाण्डौंको बुढानिलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ८ बजे उनको निधन भएको जिल्ला जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।
उनका अनुसार मृतक एक महिना अघि भारत बिहारको माधोपुरमा सुत्केरी छोरी भेट्न पुगेका थिए। नेपाल फर्कीएपछि साहको स्वास्थ्यमा समस्या देखापरेपछि स्वाब संकलन गरिएको थियो।
परिक्षणमा उनलाई कोरोना संक्रमण फेला परेको थियो। बिहारबाट फर्कीएपछि करिब एक हप्ता जनकपुरको कोरोना अस्पतालमा भर्ना भएका थिए दोश्रोपटकको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो तर स्वास्थ्यमा अभाने कुनै सुधार आएन।
थप उपचारकोलागि आफन्तले काठमान्डौ ल्याएका थिए ,काठमान्डौको करुणा अस्पतालमा भर्ना भएका साहको पुन: स्वाब परीक्षण गर्दा असोज ७ गते कोरोना पाजिटिभ देखिएको थियो । भेन्टिलेटरमा राखि उपचार भइरहेको साहको चौथो दिन सोमबार मृत्यु भएको जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य प्रमुख परबेन्द्र साहले बताए ।
