surkhet

विवाद भएपछि यो वर्षको पद्मश्री साहित्य पुरस्कार रद्द ,

surkhet

असोज १३ ,काठमान्डौ – विवाद भएपछि योव वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गरी पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरेको हो ।

२०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरिएको थियो ।

Dailekh
Gorkha

उप्रेतीले प्रश्रितसँग उभिएर आफूले पुरस्कार नलिने घोषणा गरेका थिए । यौन हिंसाको आरोप लागेका प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार लिन आफूले नसक्ने उप्रेतीको भनाइपछि विवाद सिर्जना भएको थियो ।

त्यसपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका थिए ।

salyan