नक्‍कली इन्स्पेक्टर बनेर परिक्ष संचालन गर्ने र ठगि धन्दा चलाउने पक्राउ ,

असोज १५ ,काठमान्डौ – प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर फर्जी परिक्षा संचालन गरि प्रहरी र निजामति सेवामा जागिर लगाइदिने ठगि गर्ने नक्कली प्रहरी निरीक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार रायले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वीरगन्ज १६ नगवास्थित देव पार्टी प्यालेसमा बुधबार २१ जनालाई राखेर नक्कली लोकसेवा आयोगको परीक्षा लिँदै गरेको अवस्थामा उनीलाई पक्राउ गरिएको हो ।उनीसहित अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

राय नक्कली लोकसेवा आयोगको परीक्षा लिने मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।

परीक्षा हलबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, त्यसकै प्रश्नपत्र २६ थान र खरिदारको प्रवेशपत्र १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

बुधबार परीक्षा हलबाटै पक्राउ पर्नेहरुमा नक्कली प्रहरी निरीक्षक बनेका रायसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ बस्ने वर्ष ५७ का हिरालाल महतो, सोही स्थानका वर्ष २८ का वसन्त चौधरी, वीरगन्ज महानगरपालिका-१६ बस्ने वर्ष २१ का रवी कुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने वर्ष ४७ का शिव नारायण चौरसिया, वीरगन्ज २७ रानीघाट बस्ने वर्ष २५ का रामजी चौरसिया र परीक्षा गार्ड बस्न आएका दुई जना महिला पनि छन्।

नियन्त्रणमा लिएका हरुको अन्य भूमिका के छ भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। परिक्षामा उतिर्ण भएपछि एक जना बराबार रायले १ लाख ५० हजार रुपैयाँ लिने तय भएको प्रहरीले जनाएको छ। रायले हाल सम्म परिक्षार्थिबाट ३ लाख ६१ हजार रुपैयाँ लिएको पनि प्रहरीले जनाएको छ।