राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देहीमा मसाल जुलुस भोलि बन्द ,

असोज १७ ,वुटवल – प्रदेश ५ को राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा नेपालि कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ ।
रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस निकालिएको हो ।बुटवलमा शुक्रबार भएको प्रदर्शनमा एक स्कुटी र ५ वटा सरकारी गाडीमा तोडफोड भएको थियो।
तेस्तै शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ ।


कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले राजधानी रुपन्देहीबाट अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको बताए ।
सहभागीले ‘अन्तर्घाती नेकपा मुर्दावाद’, ‘राजधानी रुपन्देही कायम गर’, ‘बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर’, जस्ता नारा लगाएर विरोध गरेका छन्।
तेस्तै १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको पार्टी सचिव रामकृष्ण खांणले बताए।
