बाँकेमा कोरोनाबाट सुत्केरी महिलाको निधन ,

असोज १८ ,बाँके – बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित सुत्केरीको मृ,त्यु भएको छ ।
उनको आइतबार बिहान साढे ४ बजे मृ,त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कञ्चनपुरको महेन्द्रनगर,१ निवासी २९ वर्षीया महिलाले सेती अस्पतालमा अजुम्ल्याहा बच्चा जनमाएकि थिइन्।


असोज १४ गते पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएकि ति महिलालाई १५ गते कोहलपुरमा ल्याइएको थियो ।
कोहलपुरमा ल्याउँदा महिला बेहोस थिइन् ।उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो ।
योसंगै बाँके जिल्लामा कोरोना संक्रमणबाट बाहिरबाट उपचारको लागि आउने र जिल्लाबासी गरेर मृत्यु हुनेको संख्या ९ पुगेको हो।
