surkhet

कर्णाली आवाज डटकम समाचार अन्लाईनबाट झुठा समचार र बल्याक्मेल गर्ने पक्राउ ,

surkhet

असोज १९ ,काठमान्डौ – (karnaliawaj.com) कर्णाली आवाज डट कम मार्फत झुठा समचार सम्प्रेषण गर्ने र बल्याक्मेल गर्ने ब्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने ब्याक्ति जुम्लाको कनका सुन्दरी गाउँपालिका ७ को रोकाया बडागाउँ बस्ने २६ वर्षीय पसल रोकाय छन्।

यी ब्याक्तिले कर्णाली एचडी फेसबुक तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने ,दुवै पक्षको फेसबुकमा पेज एकाउन्ट बनाइ च्याट गरेको स्क्रिनशट समाचारको रुपमा प्रकाशन गर्ने गरे र साईबर अपराध गरेको भन्दै प्रहरीले पक्राउ गरि विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो।

Dailekh

पक्राउ परेको रोकायाले पहिला पनि पटक- पटक साइबर अपराध गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।अहिले पनि उनीमाथि ठगी मुद्दा चलिरहेको छ ।

Gorkha

उनले विशेषगरी नर्सिङ पेसामा आबद्ध व्यक्तिहरुलाई निसाना बनाउने गरेको विज्ञप्तिमा उल्लेख छ । तेस्तै रोकायले सीटीईभीटी तथा नर्सिङमा नाम निकालिदिन्छु भनी यौन दु्र्व्यवहार तथा ब्ल्याकमेल गर्ने गरेका थिए ।

पक्राउ परेका रोकायाले सामाजिक सञ्जालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिहरुको नाम तथा फोटो प्रयोग गर्ने सामाजिक सञ्जालमा नक्कली आईडी बनाएर ती आईडीहरुबाट जागिर लगाइदिन्छु भन्दै बल्याकमेल गर्ने गरेका छन्।

, तेस्तै लोक सेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकमको बार्गेनिङ गरेको जस्तो देखिने दुवैतर्फको च्याट आफैले गरी त्याे च्याटको स्क्रिनशट गरी दर्ता नगरि आफैले सञ्चालन गरेको न्युज पाेर्टल र युट्युब च्यानलमार्फत समाचार बनाइ चरित्र हत्या गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

 

salyan