प्रदेशसभामा कांग्रेस सांसदले गरे तोडफोड,

असोज १९ ,वुटवल – प्रदेश ५ को प्रदेशसभामा विपक्षिदल नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन्। विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले नाराबाजी गर्दै प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका हुन् ।
विवादका बीच बलजफ्ती सभाुमखले बैठक चलाएपछी विपक्षले आक्रोसमा आएर कुर्सि तोडफोड गरेका छन।प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने निर्णय गर्दै प्रदेशसभामा प्रस्ताव लगेपछि तनाव बढेको छ ।
प्रदेशसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार बिहान अवरुद्ध गरेको थियो ।तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।


उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।
पहिलो बैठक अवरुद्द पछि दुई बजे पछि बोलाईएको दोश्रो प्रदेशसभाबैठकमा सभामुखले नेकपाका सांसद भोज प्रसाद श्रेष्ठ र विष्णु पन्थी, हरि रिजाल, दिपेन्द्र पुन, जनमोर्चाकी तारा जिसी र संघीय समाजवादी पार्टीका सहश्राम यादवलाई आफ्नो धारणाराख्न समय दिएका थिए ।
बोल्ने क्रममा सत्तापक्षकै सांसदले जबरजस्ती प्रतिवेदन ल्याएको भन्दे विरोध गरेका थिए ।नेकपाका संसादहरुले समेत कपिलवस्तु राजधानी बनाउनु पर्ने धारण राखेका छन् ।
काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाएको भन्दै सत्तापक्षकै सांसदहरुले पनि बोल्नका लागि पर्याप्त समय नपाउँदा विरोध गरेका थिए ।
