surkhet

बझाङमा बलात्कारीको मुद्दा ५ सयमा मिलाउने ब्याक्तिहरु पक्राउ ,

surkhet

असोज २० ,बझाङ- बझाङमा बलात्कार जस्तो जघन्य अपराधलाइ ५ सयमा अमिलापत्र गराउने ब्याक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

गत साउन २९ गते मष्टा गाउँपालिका २ की १३ वर्षीय एक बालिकालाई घट्टमा पिठो लिन गएका वेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले जबर्जस्ती करणी गरेका थिए ।

घटना बाहिरिएपछि पिडितलाई ५ सय दिने र बालिका गर्भवती भए बलात्कारीले बेहोर्ने भन्दै गाँउमा घटना मिलाईएको थियो।

Dailekh

सम्झना बिकको हत्यारा जसको पहिलो बलात्कार घटना एसरि कागज गरि मिलाईएको थियो ,

मष्टा गाउँपालिका, २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला बोहरा, बिरु दमाईं र वडा नं. ३ का धौल दमाईंले घटना गाँउमा मिलाएर गुपचुप राखेका थिए।

सोहि घटनाको एक महिना पछि उक्त बलात्कारी राजेन्द्र बोहोराले स्थानीय सम्झना विकलाई बलात्कार गरि हत्या गरेपछि घटना बाहिरिएको थियो।

Gorkha

पहिलेको बलात्कार घटनामा बलात्कारीलाई प्रोत्सहान दिदा अर्की बालिका सम्झना अबिकको ज्यान समेत गएपछि घटना गाँउमा अमिलाउनेको पहिचान गरि पक्राउ गरि कारबाही अगाडी बढाईएको डिएसपी रूपक खड्काले जानकारी दिए ।

पहिलो घटना गाँउमा मिलाउदा दोश्रो पटक बलात्कारी गरि सम्झनाको हत्या भयो ,

बलात्कारी राजेद्र बोहोरालाइ अहिले प्रहरीले पक्राउ गरेको छ। बलात्कारीलेले पहिलेको घटनापनि गाँउमा अरहेको र सम्झना बिकलाई बलात्कार गर्दा गाँउमा भनिदिन्छु भन्दा घटना बाहिरिने डरले आफुले हत्यागरेको बयान दिएको छ।

सम्झनाको हत्यारा बोहोरालाई मृतुदण्ड दिनुपर्ने माग राख्दै विभिन्न संघ संस्थाले प्रदर्शन जारि राखेका छन्।

दुई बालिकाको बलात्कारी सम्झनाको हत्यारा अहिले जेलमा ,

salyan