नेपालमा प्रतिबन्धित गरेको माछा कमिसन सेटिङ्ग र कर छली गरि सुर्खेतमा बढ्यो तस्कर ,
कर छलीको माछा ईलाका प्रहरी कार्यालय छिन्छुले समात्छ ,जिल्ला प्रहरी कार्यालय सुर्खेतले कमिसनमा साधारण कागज गरेर छोड्छ ,
असोज २० ,काठमान्डौ – नेपालमा प्रतिबन्धित गरिएको मुग्री माहुर जातको माछा नेपालमा चोरि पैठारी गरि भित्रिने गरेको पाईएको छ।
उक्त जातको माछा भारतमा मात्र उत्पादन र विक्री वितरण गरिने भनिएपनि नेपालामा दैनिक जस्तो विभिन्न नाकाबाट ठुलो परिणाममा माछा नेपाल भित्रिने गरेको हो।
मुग्री जातको माछा ,भुरा माछा निकासीमा रोक लगाईएपनि हाल कर्णाली प्रदेश सुर्खेतका विभिन्न जिल्ला स्थानमा माछा पुगेको पाईएको छ ।
नेपालमा मङुरजातको माछा भित्र्याउन नमिल्ने पशु पन्क्षि तथा मत्स्य विकास निर्देशनालयका डिजीले रंग दर्पणलाई बताए।मुग्री माहुर जातको माछा, बच्चा भुरा तथा ठूलो माछा निकासी पैठारी बिक्रीवितरणमा रोक छ ।
, गत साउन २ गते माहुर जातको माछा भारतबाट १८ चक्के ट्रकमा ल्याईएको २२ लाख बराबरको माछा डिजीको निर्देशनमा प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर नस्ट गरेको थियो।
ट्रक र चालकलाई आबस्यक कारबाहीकोलागि सेतु बन्धु भन्छार कार्यालय कोशी ब्यारेजमा बुझाईएको छ र थप अनुसन्धान भईरहेको प्रहरीले बताउछ,।
तेस्तै जिल्ला प्रहरी कार्यलाय सुनसरीले भारतबाट भित्राईएको ५ हजार ८२० केजी प्रतिबन्धित माछा नियन्त्रणमा लिएर खाडल खनेर पुरेको छ।
२२ लाखको माछा भन्सार प्रवेश गर्न दीए आफुले ११ लाख दिने समेत तस्करीले बार्गेनिङ्ग गरेको समेत जनाईएको छ । प्रतिबन्धित माछा उनीहरुले काठमान्डौ ,पोखरा ,विराटनगर धरानमा दिने र तेहाबाट अन्य जिल्ला प्रदेशमा पठाउने गरेको एक व्यवसायी बताउछन।
प्रतिबन्धित माछा कसरि पुग्छ कर्णाली प्रदेश सुर्खेत,
प्रतिबन्धित माहुर जातको माछा अहिले सुर्खेतमा विक्रीवितरण भईरहेको छ। सानो होस् वा ठुलो परिणाममा माछा कर्णाली प्रदेश सुर्खेतमा भित्रिने गरेको एक व्यवसायीले बताए।
लु १ छ ९२७६ नम्बरको गाडीमा नेपालबाट प्रतिबन्धित गरिएको माछा सुर्खेतमा भित्र्याईएको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्छुले नियन्त्रणमा लिएपनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले साधारण कागज गरेर छोडेको पाईएको छ। यस्तो त् जिल्ला प्रहरी कार्यालय सुर्खेतले पटक पटक गरेको व्यवसायी बताउछन।
भारतबाट तरकारी ल्याउँदा समेत चेक जाँच गर्नुपर्दछ ,नेपालमा भित्र्याउने मिल्ने माछालाई समेत क्वारिनटिन गर्नुपर्दछ भने प्रतिबन्धित माछा नै कसरि तस्करी भयो भन्ने सबैको चासो रहेको छ।
कर छली गरि ल्याएको माछा अहिले निश्चित ब्याक्तिको गोदाममा रहेको छ ,मुग्री माहुर जातको माछा अहिले सुर्खेतको रावत माछा फम्ले विक्री वितरण गरेको छ ,जुन नेपालमा प्रतिबन्धित माछा हो।
उक्त फम धन बहादुर रावतको स्वामित्वमा संचालन छ ,रावत उधोग वाणिज्यसंघका अधय्क्ष हुन्।
तेस्तै प्रतिबन्धित माछा सुर्खेतको भेरीगङ्गा गुर्भाकोटमा रुबेन सप्लायर्स बिनोद गिरिले खुल्लम खुल्ला विक्री वितरण गर्दै आएक छन्।
दुई नम्बरी माछा भैरहवा गोरु सिङे सजन सप्लायर्सले दाङमा विक्री वितरण गर्दै आएको छ। अहिले यो जातको माछा केहि ब्यापारीले कमिसन दिने र चेक जाँचनै नगरी कर छली गरेर सुर्खेत ,सल्यान ,चितवन ,दाङ्गमा विक्रिवितरण भईरहेको पाइन्छ।
हाल नेपालमा खपत हुने माहुर जातको माछा वार्षिक ५ हजार टन छ भने उत्पादन वार्षिक १७ सय टन रहेको छ। चोरि पैठारी गरि भित्र्याईएको माछाले नेपालमा दैनिक १० लाख राजस्व संकलन हुने माछा व्यवसायी धरापमा परेको पशु पन्क्षि तथा मतस्य विकास निर्देशानायलका डिजी बताउछन।
भारतबाट खुल्ला सिमा हुँदै नेपालि भित्रीने माछा ,चोरि तस्करीले नेपाल सरकारको ठुलो राजस्व छली नस्ट भईरहेको डिजिले बताए। सरकारको एथेस्ट कार्यविधि र नियम हुँदापनि तस्करहरु सल्बलाईरहेको उनले बताए।
तेस्तै प्रतिबन्धित माछा इलाका प्रहरी छिन्चुले नियन्त्रणमा लिएपनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले साधारण कागजमा छाडेको पाईन्छ।
यसरि प्रतिबन्धित माछा नेपालमा चोरि पैठारी र कर छली गर्दा रोग संक्रमण भित्र्याउने पशु क्वारिनटाईन कार्यालय विराटनगरका चेक पोस्ट क्वारिनटाईन अधिकृत बताउछन।
अहिले भैरहवा ,चनौटा ,गोरुसिङे चितवन भारत नेपालको खुल्ला सिमाको फाईदा उठाउदै भन्सार छली गर्दै माछा भित्रिएको छ।