surkhet

प्रदेश ५ को राजधानी दाङदेउखुरी पारित भएपछि पुर्व सभामुखको सुभकामना ,

surkhet

असोज २० ,काठमान्डौ – पुर्व सभामुख कृष्ण बहादुर महराले प्रदेश नं ५ को स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएपछि सुभकामना दिएक छन् ।

दाङ्गका जनप्रतिनिधिसमेत रहेका महराले मंगलबार सुभकामना दिदै संघीयताको मर्म भनेकै आम नागरिकलाई राज्यको सेवा सुविधा र स्रोत साधन सहज रुपमा वितरण गर्नु रहेको बताए ।

तेस्तै प्रदेश ५ को स्थायी राजधानी दाङदेउखुरी भौगोलिक रुपमा सबैलाई पायक पर्ने र देशलाई अस्थायी ७ प्रदेशमा विभाजन गर्दासमेत राजधानी दाङमा तोक्न पटक पटक आग्रह गरेको महराले स्मरण गराए ।

Dailekh

प्रदेश सभाबाट प्रदेशको नाम र स्थायी राजधानी पारित भएसँगै संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको छ ।

Gorkha

राप्ती उपत्यकामा राजधानी र विश्वमै नेपालको पहिचान दिने शान्तिका अग्रदूत गौतम बुद्धको पहिचानसँग जोडिएको लुम्बिनीलाई प्रदेशको नाम तोकिएको यस ऐतिहासिक दिनको अवसरमा पुनः यहाँहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु महराले सुभकामना विज्ञप्तिमा भनेका छन् ।

प्रदेश सभाले पारित गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्ने र स्थायी राजधानी तोकिएको स्थानमा स्थायी संरचना बनाउँदा दीर्घकालीन सोंचअनुसार निर्माण गर्नतर्फ संघ तथा प्रदेश सरकारले विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको पनि उनले बताए ।

प्रदेशको स्थायी राजधानी र प्रदेशको नामकरणका लागि प्रस्ताव गर्ने प्रदेश सरकार तथा आवश्यक छलफल, मतदान गरी निर्णय पारित गर्ने प्रदेश सभा र प्रदेशको स्थायी राजधानी र नामका लागि आवस्यक पहलकदमी लिने सम्पूर्ण राजनीतिक पार्टीहरु, शीर्ष नेता एवं अन्य नेतागण सबैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु महराले अगाडी भनेका छन् ।

salyan