surkhet

अब नेपालमा पनि टिकटकमाथि प्रतिबन्ध लगाईने ,

surkhet

असोज २४ ,एजेन्सी- पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको हो।

पछिल्लो समय अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

केही समयअघि भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै टिकटकसहित सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

Dailekh

पाकिस्तान दुरसञ्चार प्राधिकरण(पीटीए) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।

Gorkha

टिकटकले ‘अश्लील’ र ‘अनैतिक’ सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता जनाएमा मात्र प्रतिबन्धको समीक्षा गर्न सकिने पनि पीटीएले विज्ञप्ति मार्फत जानकारी गरेको छ ।

यो विषयमा समाचार एजेन्सी रोयटर्ससँग प्रतिक्रिया दिँदै टिकटकले ‘जहाँ यो एप प्रयोग भइरहेको छ, त्यहाँको कानुन पालना गर्न कम्पनी प्रतिबद्ध’ रहेको बताएको छ भने उक्त विषयमा पीटीएसँग लगातार कुरा भइरहेको पनि बताएको छ ।

अहिले पाकिस्तानमा २ करोड प्रतिमहिना सक्रिय प्रयोगकर्ता रहेको पीटीएले जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइटडाइन्सको सोसल मिडिया एप हो ।

पछिल्लो समय युवा युवती सक्रिय रहेको यो एप्मा अभाने बेला बेलामा विवाद उत्पनन हुने गरेको छ। नेपालमा पनी अहिले यो एपमा निकै युवा युवतीहरु सक्रिय देखिन्छन ,नेपालमा टिकटकमा निकै विकृति समेत आएको सरोकारवालाहरु बताउछन।

टिकटकले गर्दा समाज युवा पुस्तामा विकृति ल्याएपछि नेपालमा पनि टिकटक बन्द गर्नुपर्ने उच्च सरोकारवालाले चासो देखाएका छन्।

 

salyan