वम विस्फोट आरोपमा युवती पक्राउ ,,

वैशाख,३० , झापा – झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा अाइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ ।

, नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको बिहान सामान्य असर परेको थियो ।

बिहान लामो तथा छोटो दूरीका सवारी नचले पनि बिहान १० बजेदेखि यातायात चल्न थालेका छन् भने बजार तथा पसल खुलेका छन् ।