कांग्रेस वडा अध्यक्षको कोरोनाबाट मृत्यु ,
असोज २५ ,चितवन – चितवनमा कोरोनाबाट वडाअध्यक्षको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए। उनलाई असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो ।
भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए।
६९ वर्षीय तामाङलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए।