surkhet

मंगलबार बैठक बसाल्ने सपना देखेका गुलाबजङ्ग शाहलाई मुख्यमन्त्रीले देखाए आफ्नो पावर ,

surkhet

असोज २६ ,सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतकको जिम्मेवारीबाट गुलाबजङ्ग शाहलाई हटाएर सीता नेपालीलाई सचेतकमा नियुक्त गरेका छन्।

पुर्वएमालेका सांसदले यमलाल कँडेलको अविश्वास पत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री शाहीविरुद्द अविश्वासको पत्रमा हस्ताक्षर गरेका छन्।

भोलि मंगलबार १ बजे संसदीय दलको बैठक बसाल्ने सपना देखेका गुलाबजङ्ग शाहलाई मुख्यमन्त्री शाहीले कामकारबाही सन्तोषजनक नभएको भन्दै सोमबार प्रमुख सचेतकबाट हटाइएका हुन्।

Dailekh

हिजो आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।जसमा पुर्वएमाओवादीका तिन सांसद रहेका छन्।

Gorkha

अब भने संसदीय दलको बैठक अन्योलमा परेको छ।शाह यामलाल कँडेल (पूर्वएमाले) निकट र नेपाली मुख्यमन्त्री शाही (पूर्वमाओवादी) निकट हुन् ।

जिम्मेवारीबाट मुक्त भएका शाहले भने बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा दलका नेताको हैसियतमा शाहीले कुनै पनि निर्णय लिन नसक्ने बताए ।

 

salyan