उपत्यकामा थपिए २२८३ नँया कोरोना संक्रमित ,

असोज २६ ,काठमान्डौ – गत २४ घन्टामा उपत्यकामा २२८३ नँया कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
जसमा काठमान्डौमा मात्र १८८८ ,भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना नँया कोरोना संक्रमित थपिएका हुन्।

हाल देशभर २७८ जना आईसियुमा र ६७ जना भेन्टिलेटरमा उपचार भईरहेको स्वस्थ्य मन्त्रालयले जनाएको हो।

गत पछिल्लो समय ९ जनाको कोरोनाबाट मृत्यु भएपछि हाल सम्म कुल ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
आज देशभरमा ४ हजार ४७ जना नँया कोरोना संक्रमित फेला परेका छन्। मानिसको आवत जावत घटाउने भन्दै मन्त्रालयले उपत्यकामा कुनैपनि भेला सेमिनार नगर्न कार्यालयलाई जानकारी गरेको छ।
