पार्टी एकता भङ्ग गर्न पुर्वएमाले केन्द्र देखि प्रदेशसम्म सक्रिय ,
असोज २६ ,सुर्खेत – गठबन्धन गरेर चुनाव लडेपछि पार्टी एकता गरेर नेकपा घोषणा गर्ने गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मुख्यमन्त्रीमा भागबन्डा गरे।
प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनीमा पूर्वएमालेले मुख्यमन्त्री पायो भने कर्णाली र सुदूर पश्चिम पूर्वमाओवादीको भागमा पर्यो । नेपाल कम्युनिस्ट सरकारले सान तिना दललाई सहमतिमा ल्याउदै ईतिहासमनै दुई तिहाईको बहुमत प्राप्त गर्यो।
तर प्रधानमन्त्री र अधय्क्ष पकेटमा राखेर बसेका केपी शर्मा ओलीले आफ्नो निजिनिवासलाई नेकपा सरकार घोषणा गर्दै रिमोट चलाउन थाले।
पुर्वएमालेको धेरै भागमा मुख्यमन्त्री परेपछि पुर्वएमाओवादीको केहि चलेन ,पुर्वमाओवादीका सांसदहरुभने पुर्वएमालेको पछि पछि लागे।
विभिन्न बहानाबाजी र उखान टुक्काले भरिपुर्ण प्रधानमन्त्री ओलीले बैठकमा पार्टी एकता गर्छौ र देशमा विकासका लहर छाउने घर घरमा ग्याँसको पाईप राख्ने भन्दै जनता हसाउदै हिडे।
केन्द्रमा प्रधानमन्त्रीले एकल पार्टी हाक्न कोजेको भन्दै ओलिनिकटका पुर्वएमाले नेता झलनाथ खनाल ,बरिस्ठ नेता माधवकुमार नेपाल ,वामदेव गौतमलगायतले असन्तुट पोखेपछि सचिवालय बैठक बोलाउन माग गरे।
तर ओलीले आफुले पार्टीको निर्णय विपरित काम गरेको हुँदा आफ्नो राजिनामा माग्ने पक्का देखेपछि बैठक बोलाउन मानेनन्।
आफ्नै पार्टीका नेता कार्यकर्ताले चर्को आलोचना गरेपछि बल्ल तल्ल बैठक बस्यो र स्थायी समितिले राजिनामा माग गर्यो तर ओलीले टेरपुच्छर लगाएनन।
बल्कि उनले आफ्नो पावर देखाईरहे ,बहुमत जुटाउन सांसद किन्न सांसद अपहरणसमेतमा मुछिए। ओलीले प्रतिपक्षदललाई समेत कहिले सहि जवाफ दिन नसकी संसद्मा मैले भने निम्छरो जस्ता शब्द प्रयोग गर्ने गरेका छन्।
संसद्बाट एमसीसी पास नगरेपछि पुर्वसभामुख कृष्णबहादुर महरालाई यौन काण्डमा समेत फसाउने खेल गरे ,उनि निकटका नेता कार्यकर्ताले जति सुकैहोस भ्रस्टचार गरेपनि संरक्षनमा राखे ,गर्दा विप्लव समूहलाई प्रतिबन्ध लगाउने ,पार्टीको निर्णय विपरित अध्यादेश जारि गर्ने जनतालाई दुख दिने कोरोनामा १० अर्ब खर्चको हिसाब निकाल्ने ,युवराज खतिवडालाई बैठक नबसी राजदुत नियुक्ति जस्ता हजारौ केपी ओलीले गल्ति गरेका छन्।
आफ्नै पार्टीका नेता कार्यकर्ताले सामाजिक संजालमा आलोचना गरेपछि ओलीले अब कुनैपनि कार्यकर्ताले लेख्न नपाउने समेत प्रस्ताव पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अहिले कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्द ओलीका आकांक्षि यमलाल कंडेलले अविश्वासको पत्र पेश गरे।
जसमा पुर्वएमालेका १५ जना सांसद छन् भने ३ जना पुर्वएमाओवादीका सांसद रहेका छन्। पार्टी एकताका काम कारबाही छोडेर पुर्वएमाले केन्द्र देखि प्रदेश स्थानीयमा पार्टी भंग गर्ने अभियानमा लागेको देखिन्छ।
भागबन्डामा परेका कालिकोटबाट निर्वाचित महेन्द्रबहादुर शाहीका १३ जना सांसद छन्। त्यो बेलानी यमलाल कँडेलले केपी ओलीसमक्ष असनटुस्त पोखेका थिए। तर गठबन्धन र दोयअधय्क्षको निर्णय भएकोले कुनै कदम चाल्न उनलाई गारो भयो।
केपी ओलीले अहिले केन्द्रमा पार्टीको निर्णय विपरित विभिन्न क्रियाकलाप गरिरहेक छन्। आफ्नै नेताले असन्तुट जनाएपछि अहिले प्रचण्ड र केपी ओलीबीच मतान्तर देखिएको छ यहि मौका छोपी कर्णाली प्रदेशमा पुर्वएमालेले शहिविरुद्द अविश्वास पत्र पेश गरेको छ।
भोलि संसदीय दलको बैठक बोलाउने तयारीमा रहेका गुलाबजंग शाहलाई आज मुख्यमत्री शाहीले कामकारबाही सन्तोषजनक नभएको भन्दै प्रमुख सचेतकबाट हटाएर सिता नेपालिलाई सचेतकमा नियुक्त गरेका छन्।