surkhet

प्रमुख सचेतकमा नियुक्ति भएकैदीन सिता नेपालिले आवहान गरिन दलको बैठक , ,

surkhet

असोज २६ ,सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको बैठक प्रमुख सचेतक सिता नेपालीले भोलि बिहान ११ बस्ने गरि बोलाईएको रंग दर्पणलाई बताईन।

पुर्व प्रमुख सचेतक गुलाबजङ शाहलाई पदबाट हटाएर आज मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सिता नेपालिलाई सचेतकमा नियुक्त गरेलगतै नेपालीले बैठक बोलाएकि हुन्।

Gorkha

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १५ जना पुर्वएमाले र ३ जना पुर्वमाओवादीका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशसंगै केन्द्रसरकार सम्म तरङ्ग देखिएको छ।

Dailekh

आइतबार शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएका थिए ।

तर शाहले बोलाएको बैठक बस्ननपाउदै मुख्यमन्त्री शाहीले मंगलबार नै उनलाई जिम्मेवारीबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।

 

 

 

 

salyan