कर्णाली प्रदेश विवाद दुवै पक्षको बैठक आज बस्दै ,

असोज २७ ,सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको आज छुट्टा छुट्टै बैठक बोलाईएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेपछि केन्द्रिय सरकारलाई समेत धक्का पुगेको देखिन्छ।

आज १ बजे सचेतक गुलाबजङ शाहले दलको बैठक बोलाएका थिए । तर हिजो सोमबारनै मुख्यमन्त्री शाहीले गुलाबजङलाई सचेतकबाट हटाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि नेता सिता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिसकेका छन्।

सचेतकमा अनियुक्त भएपछि आजै ११ बजे सिता नेपालीले दलको बैठक आवहान गरेकी छिन। गुलाबजङ शाहले पनि आज १ बजे बैठक बोलाएर आजनै निर्णय गर्ने बताए।

तेस्तै उता मुख्यमन्त्री शाहिविरुद्द अविश्वास प्रस्ताव पेश भएपछि सुर्खेतमा नाराबाजी समेत चलेको छ। मुख्यमन्त्री शाहीलाई काम गर्नादेउ ,पार्टी एकताविरोधी मुर्दावाद जस्ता नारा लगाएर शान्तिपूर्ण आन्दोलन गरिएको छ।

प्रदेशको विवाद प्रधानमन्त्रीलेनै मिलाउनुपर्ने नेकपा अध्यक्ष प्रचण्डले हिजोनै बताईसकेका छन्।

तर प्रदेशको मामला भएको हुँदा केन्द्रले हस्तक्षेप गर्न नहुने अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद ठम्मर बिस्टले रंग दर्पणलाई बताए।

अविश्वास पत्र पेश भएपछि सरकारले छलफल गर्नुको साटो सचेतक हटाउने र नँया नियुक्त गर्नुले झनै विवाद बढ्नसक्ने बिस्ट बताउछन।

नेताले विश्वास जित्नुपर्नेमा झनै अविश्वासको वातावरण बनाउँदै जानुभएको छ अब अर्को बैठकमानै थाहा हुन्छ यो निकासको बाटो होइन बिस्टले भने।