बंगलादेशले बनायो बलात्कारीलाई मृत्युदण्डदिने कानुन ,

असोज २७ ,ढाका – बंगलादेश सरकारले बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेको छ । बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।

कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताएका छन् ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशमार्फत कानुन ल्याउने निर्णय गरेको हो ।

मन्त्री हकले अहिले संसद्को सत्र चालु नभएकाले अध्यादेश जारी गर्नुपरेको बताए । गएको साता एक महिलामाथि सामुहिक बलात्कार भएको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो।

जसलाई लिएर देशभर विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणले विरोध गरेका थिए। प्रदर्शनमा गृहमन्त्रीको राजिनामा र बलत्कारिलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए ।

बेगमगन्जमा खिचिएको एक भिडियोमा देखिएका आक्रमणकारी हरूमध्ये एक जनाले महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । गत वर्ष ती महिलालाई आरोपित व्यक्तिले बन्दुक देखाउदै बारमबार बालत्कार गरेका थिए।

आफुले भनेको नमाने उनलाई सामुहिक बलात्कार गर्ने धम्कि दिएको अनुसन्धानमा खुलेको घटनामा खटिएका मानवाधिकार अक अधिकारकर्मीले बताए।

ति व्यक्तिले महिलालाई बलात्कारगरि खिचेको भिडियो पैसा दिन र यौन सम्पर्कगर्न महिनौबाट धम्कि दिईरहेका थिए। आफुले अस्विकार गर्दा भिडियो सामाजिक संजालमा सार्वजनिक गरिएको ति महिलाले बताईन।

भिडियोलाई बंगलादेशको दूरसञ्चार नियामक निकायले अनलाइन माध्यमबाट हटाउने प्रयास गरेपनि यो भिडियो ब्यापक सार्वजनिक भईसकेको थियो। यो घटनामा ८ जनालाई पक्राउ गरिसक्केको बताईएको छ।

त्यस्तै गत साताको एक बेग्लै घटनामा एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । गत सातामा पनि साइल्हेत जिल्लाको एक होस्टेलमा एक महिलामाथि सामुहिक बलात्कार भएको घटना बाहिरिएको थियो ,जसमा सत्तारूढ दलको विद्यार्थी संगठनका कैयौं सदस्यहरू पक्राउ परेका छन् ।

बंगलादेशमा ९ महिनामा कम्तीमा ९ सय ७५ जना महिला बलात्कृत भएको एक मानव अधिकारवादी संस्थाले जनाएको छ । तीमध्ये दुई सयभन्दा बढी घटना सामूहिक बलात्कारका भएको ऐन ओ सलिस केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पीडितमध्ये ४३ जनाको हत्या गरिएको र १२ जनाले आत्महत्या गरेका छन् ।

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिनेगरी कानुन संसोधन हुनेभएपछि यो निर्णयलाई धेरैले स्वागत गरेकाछन् भने कतिपएले झनै बलात्कारपछि महिलाको हत्याहुनसक्ने चिन्ता व्यक्त गरेका छन्।