नेपालमा आज थप ३५५६ जना कोरोना संक्रमित थपिए,

असोज २७ ,काठमान्डौ – नेपालमा आज थप ३५५६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घन्टामा सरकारले देशभर १५५७७ पीसीआर परिक्षण गर्द सो कोरोना संक्रमित फेला परेपछि हाल सम्म कुल कोरोना संक्रमितको संख्या ११५,३५८ पुगेको छ।

तेस्तै देशभर आज ३५९१५ सक्रिय कोरोना संक्रमितको उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

तेस्तै संस्थागत आईसोलेसनमा १५०४८ र २०८६७ जना होम आईसोलेसनमा रहेका छन्। गत २४ घन्टामा १५०३ डिस्चार्ज भएपछि कुल ७८७८० हजारले कोरोना जितेर घर फर्किसकेका छन्।

देशभरका क्वारिनटिनमा ४७९५ जना रहेका छन् ,तेस्तै गत २४ घन्टामा कोरोनाबाट १८ जनाको निधन भएको छ ,यो संगै कोरोनाबाट हाल सम्म ६६३ जनाको मृत्यु भईसकेको हो।