बलात्कारका घटना रोक्न थप रणनीति बनाउने तयारीमा गृहमन्त्री थापा बादल ,

असोज २७ ,काठमान्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका महामारीमा देशमा उत्पन्न भईरहेका सामाजिक घटनालाई परास्त पार्ने रणनीति बनाउन निर्देशन गरेका छन्।
मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले (कोभिड १९ ) को महामारीको बेला देशमा समाजमा नँया शैलीले हत्या हिँसा ,बलात्कारका घटना बढिरहेको हुँदा यसलाई रोक्न तत्काल सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

थापाले पछिल्लो समय लैङ्गिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशील हुन पनि प्रहरीलाई निर्देशन दिए ।

‘नयाँ चुनौतीहरुलाई निस्तेज पार्दै जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाएर कार्यान्वयन गर्नुस् ।
तेस्तै अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्न र सिमानाकामा कडाई र प्रभावकारी बनाउन पनि गृहमन्त्रीले सम्बन्धित निकाएलाई आग्रह गरेका छन्।
