पोलमा बस्ने चरा तर्से तिम्रा तस्बिर देख्दा,

प्रष्टै आज देखियाे यि सारथीको संगत
पोल-पोलमा चढे पोष्टर संझाउँदै त्याे बिग।
नयाँ कदम शुरु गर्यौ मेरो पनि स्वागत
कार्यक्रमको प्रचार भने किन यस्तो फगत?

कुन आत्माले छोप्यो कसलाई आयो यस्तो विचार?
शुभ कामको शुरुवातमै कुबुद्धिको प्रचार ।
पत्रिकाले ज्याकेट लाए पोलले तस्बिर पाए
युगै फेर्ने भनिकन जताततै छाए।

भए जति अखबारलाई ज्याकेटले छेक्दा
पोलमा बस्ने चरा तर्से तिम्रा तस्बिर देख्दा ।
सडकेको चिसो छेल्ने पत्रिकाको आगो
बल्दो रैन्छ त्यही नि धेरै अझै धेरै माग्याे।

पत्रिकाले ज्याकेट लाउदा मान्छे भने नाङ्गै
नव युगको शुरुवातमा विचार भने बाङ्ग।
पत्रिकाले पाउने ज्याकेट भिखारीले पाए
बल्ल सफल होला कदम यस्तो बुद्धि आए।

भन्दो रैछ सरकारले मेरो हैन खर्च।
जसको खर्च भए पनि बिबेक हुनु पर्छ
धुलाम्य छ सडक सारा यसले तस्बिर पुर्छ
न त यस्ता ज्याकेट ओड्दा भिखारिले घुर्छ।

कर छल्नेले ति-या अरे पहिला ला’को गुन।
फेरि पनि कर छल्नलाई अझ नजिक हुन
बिबेक शून्य प्रचारले कस्तो संदेश जाला?
फजूल खर्ची संस्कारले आफैलाई खाला
काण्डै काण्ड जता ततै उपहासे नारा
सफल कतै देखिएन खिस्सी गर्छन सारा।

मुखले मात्रै बोल्यौ तिम्ले लागेन केही पार।
गाउँ-गाउँको सिंह दरबार पोलै पोलको सरकार
भुइंमा बस्दा बेथितीलाई नदेखेर हो की?
टोलै भरी पोलै भरी कसले लग्यो बोकी?

बलात्कारी भ्रष्टाचारी त्यहिंबाट हेर
धूलाम्य त्यो सडकको मुहार पनि फेर
नाबालक नि बलत्कृ भए लाै न कानून सुल्झ्याउ
आफ्नो तस्बिर हटाइ बरु बलत्कारी झुन्ड्याउ।

अर्जुन राज पन्त ,बाग्लुङ मुलपानि,हाल प्रवस
प्रवास ,

समकालीन साहित्य प्रतिष्ठान, बेलायत,