सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप ४० भन्दा बढी घाईते ,
असोज २८ ,सर्लाही – जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेता,कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प हुँदा डीएसपीसहित ४० बढी घाईते भएका छन् ।
आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै नाराबाजी प्रदर्शन गर्दै जबर्जस्ति जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न खोजेपछि झडप भएको डीएसपी एवं प्रवक्ता मदन कुँवरले बताए।
उनीहरुले जिल्ला प्रहरी कार्यालयमा आउनबितिकै ढुँगामुढा गरेपछि ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको कुवरले बताए।
उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् ।
झडपमा प्रहरीतर्फ २२ जना र एक डीएसपी घाईते भएका छन् भने कांग्रेस नेता कार्यकर्तातर्फा २२ बढी घाईते भएको कुँवरले बताए।