भाट्भटेनिमा बम हान्ने विप्लवका कार्यकर्ता पक्राउ ,,

वैशाख ३० ,चितवन- भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम हान्ने विप्लवका कार्यकर्ता भयको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले दिएका छन् ।

आइतवार बिहान पौने चार बजे भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा सकेट बम प्रहार गर्ने नेत्रविक्रम चन्द विप्लवका दुई कार्यकर्तामध्ये एकको पहिचान भइसकेको उनले बताए ।

‘भाटभटेनीमा एउटा मोटरसाइकलमा गएका दुई मध्ये एकले बम हानेको ठहर छ । उनी नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता भएको पत्ता लागेको छ’।

थापाका अनुसार एक जना फरार छन्, उनको ‘खोजी भइरहेको छ,। हेलमेट लगाएका मोटरसाइकल चालकको भने पहिचान हुन सकेको छैन,। मोटरसाइकलको नम्बर नखुलेकाले अनुसन्धानमा थोरै समस्या भएको थापाले बताय ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्द सुरु हुनुअघि नै भाटभटेनीमा बम हानिएको थियो । बम हानिँदा भाटभटेनी र सँगैका होटेलको पनि शिशा फुटेका छन् ।

भाटभटेनीमा सकेट बम हानिँदा भएको क्षतिको एकीन विवरण भने आइसकेको छैन । बमले गर्दा स्थानिय त्रसित बनेका छन् , पक्राउ भयका मध्ये संग सोध पुछभैरहेको र फरारको खोजि तलाश भैरहेको एसपि दिपक थापाले बाताए ।