पशुपति म्युजिकको प्रस्तुतिमा खेम सेञ्चुरिको झलिको आउँदैन र ,भिडियो सहित ,,

कार्तिक १ ,काठमान्डौ – पछिल्लो समय नेपालि गित संगीतमा एक राज खाएका संगीत गायक तथा संगीतकार खेम सेञ्चुरि एका एक चर्चामा पुगे।

उनले अहिले जुन्सुकु गितमा संगीत गरे भने बजारनै तातिने गर्दछ ,साचिकै भनौ भने अहिले नेपाली गित संगीतमा खेम सेञ्चुरिको एकलौटि बजार छ।

नेपालि बजारलाई छाम छुम र दर्शकको चाहनालाई मध्यनजर गर्दै उनले कोशेली पस्किन थालेपछि जुन गित पनि हिट हुने गर्दछन।

उनले संगीत गरेका थुप्रै गित करोड कल्बमा पुगेका छन् ,भर्खरमात्र सेञ्चुरिले स्वर संगीत गरेको गित झल्को आउदैन र बोलको गितले पनि बजारमा निकै माया पाएको छ।

यो गितमा शान्ति श्री परियारको पनि स्वर छ भने नेत्र अर्यालको शब्द लेखन छ। सगुन शाहीसंग मार्मिक अभिनय गर्न पुगेका खेम सेञ्चुरि वर्तमान नेपाली गित गित संगीतको रोजाईमा पर्न सफल भएका छन्।

कपिल लामाको निर्देशन दिपक गिरीको छायांकन रहेको गितमा शिव पौडेलको सम्पादन रहेको छ। गितलाई पशुपति म्युजिकले बजारमा ल्याएको हो।