suekhet
bheriad

काठमान्डौमा भोटेजात्रा यसरि भोटो देखाउदै मनाईयो हेर्नुहोस तस्विरमा ,,

lekabesi

वैशाख ३० , आज काठमान्डौमा भोटेजात्रा  सबैलाई भोटो देखाउदै मनाईयको छ ।,

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको हो।

, आजको दिन सरकारले उपत्यकामा सार्बजानिक विदा पनि दियको छ ।

यो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ र निरन्तरता दिने गरियको छ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।

जात्रामा भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायधिश दीपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरु जाउलाखेल पुगेका थिए ।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो ।