कार्तिक ७ गते देखि ११ गते सम्म बैँकका सबै शाखा बन्द हुने ,

कार्तिक ४ ,काठमान्डौ – कार्तिक ७ गते देखि ११ गते सम्म बैंकहरुले सबै शाखाहरु बन्द रहने जानकारी गरेका छन्।

नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको हो ।

वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।

बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा एटीएम सेवा भने सुचारु रहने संघले जनाएको हो ।