सरकारविरुद्ध विप्लवले सार्वजनिक गर्यो संघर्षका कार्यक्रमहरु यस्ता छन् ,
कार्तिक ५ ,काठमान्डौ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आम नागरिकलाई निशुल्क स्वास्थ्य जांच र उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आज एक विज्ञप्तिमा जारि गर्दै कोरोनाको नाममा भ्रष्टाचार र व्यापारिकरण वन्द गर्न चित्ववानी दिएको हो।
तेस्तै विप्लव नेतृत्वले सरकारविरुद्ध संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । कोरोनाको नाममा जनतालाई दु:खदिने सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारका यस्ता गैरजिम्मेवार किसिमका क्रियाकलापले नेपालको रास्ट्रीयता जनतन्त्र र जनजीविकाका विषयहरु दिन प्रतिदिन अझ सङ्गकटपूर्ण गईरहेको हुनाले विप्लवले सरकारविरुद्द संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो।
,