डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण,
कार्तिक ८ ,काठमान्डौ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको उनले बताए ।
सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
तेस्तै चिकित्सकको सल्हाबमोजिम हामि आईसोलेसनमा बस्नेछ। तेसै गरि भट्टराईले पछिल्ला दिनहरुमा आफुहरुको निकट सम्पर्कमा रहेका सबैलाई सतर्कता अप्नाउन पनि आग्रह गरेका छन्।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020