निको भईसकेका कोरोना संक्रमितमा पून: कोरोना देखिन थाल्यो लक्षणपनि खतरा,

कार्तिक ८ ,काठमान्डौ – नेपालमा हिजो सम्मको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ भने ८२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तेस्तै अप्छिल्लो समय नेपालमा दैनिक जस्तो कोरोना संक्रमितको संख्या बढ्ने गरेको पाईएको छ भने निको हुनेको संख्या भने घटेको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथायांकलाई हेर्ने हो भने हाल सम्म १,३६७,०१६ पीसीआर परिक्षण भएको छ।

संक्रमितको संख्या हेर्दा यो पीसीआर कम रहेको स्वास्थ्यविज्ञ बताउछन। नेपालमा जम्मा कोरोना संक्रमितको संख्याबाट १०५,४८८ जना निको भएको मन्त्रालयको रेकर्ड छ भने तर चिकित्सकका अनुसार भने निको भईसकेका व्याक्ति हरुमा पून: कोरोना संक्रमण फेला पर्ने गरेको छ।

पहिलो भन्दा दोस्रो पटक कोरोना हुनेमा गम्भीर लक्षण देखिएको उनीहरुको भनाई । पहिले सामान्य लक्षन देखिएपनि दोश्रोपटक कोरोनाको लक्षण देखिनेहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने जस्ता गम्भीर लक्षणहरु देखिन थालेको धुलिखेल अस्पतालका चिकित्सक डा. राम गुरुङले बताए।

उनका अनुसार धुलिखेल अस्पतालमा ३ जना व्यक्तिमा पून कोरोना भाईरस देखिएको छ। ‘दोस्रो संक्रमण हो कि होइन भनेर वैज्ञानिक आधारमा जानुपर्ने हुन्छ तर हामीले क्लिनिकली हेर्दा यो दोस्रो पटक संक्रमण भएको देखिन्छ ।

अरु देशमा पनि यस्ता केसहरु देखिएका छन् हाम्रोमा नदेखिने भन्ने हुँदैन ।विश्वमा पनि यस्ता केश धेरै फेला परेका छन् ,नेपालमा पनि यस्ता फाटफुट्ट केश फेला पर्नु सामान्य हो उनले भने।

तर युरोपियन सेन्टर फोर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलको एक अध्ययन अनुसार हालसम्म हङकङ, अमेरिका, बेल्जियम, इक्वाडर, भारतमा पनि यस्ता केश धेरै बल्झीरहेका छन्।

कति पयमा भने कोरोना संक्रमणका बिरामीहरुमा दोश्रो पटक संक्रमण फेला परेपछि केहि को छिट्ट मृत्यु हुने गरेको पाईएको छ। तर नेपालमा भने यस्तो केश फेला परेपनि हाल सम्म कसैको मृत्यु भने भएको छैन ।