सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन ,

कार्तिक ९ ,काठमान्डौ – दक्षिण कोरियाली सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन भएको छ ।

लामो समयदेखि हृदयघातको बिरामी रहँदै आएका ७८ वर्षीय उनको आइतबार आफ्नै घरपरिवारका सदस्यहरुमाझ निधन भएको एजेन्सी एपीले जनाएको छ ।

बिरामी परेपछि उनको अनुपस्तिथमा छोरा ली जेई योङले कम्पनी सम्हाल्दै आएका थिए ।

बुवा ली ब्युङ चुलको चाउचाउको व्यापारलाई विस्तार गर्दै ली कुन हीले इलेक्ट्रोनिक्स सामानको समेत उत्पादन गर्दै सामसुङलाई विश्वव्यापी बनाएका थिए ।

अहिले सामसुङ स्मार्टफोन, टेलिभिजन र मेमोरी चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी बनेको छ ।