Gold

बाहिरबाट मुस्ताङ्गमा भेडा च्यांग्रा किन्न जाँदा समुदायस्तरमा कोरोना फैलियो ,

Naumule Migrate

कार्तिक १२ ,जोमसोम – हिमालपारिको जिल्ला मुस्ताङ्गमा पनि कोरोना संक्रमण बढ्न थालेको पाईएको छ ,यो भन्दा अगाडी मुस्ताङ्ग कोरोनामुक्त जिल्लामा घोषित थियो।

मुस्ताङको घरपझोङ गाउँपालिका -४ जोमसोम बस्ने एक ३८ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल जोमसोमले मुस्ताङबाट कार्त्तिक ३ गते ७ जनाको स्वाब संकलन गरेर पठाएको थियो।

क्षयरोग परीक्षण केन्द्रको पोखरास्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा बुधबार ती महिलामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जानकारी गराएको हो ।

संक्रमित ति महिलाको स्वास्थ्य अहिले सामान्य रहेको र घरकै आईसोलेसनमा रहेको अस्पतालका डाक्टर अनिल तिमिल्सिनाले जानकारी दिए ।

संक्रमित महिला भने कहिँ कतैपनि नगएको डाक्टर तिमिल्सिनाले बताए ,उनका अनुसार समुदायस्तरमानै कोरोना फैलीएको हुनसक्ने र यो जिल्लामा अपहिलो घटना अरहेको उनले बताए ।

ति महिलामा कोरोना पुष्टी भएपछि जोमसोमस्थित जनहित माध्यमिक विद्यालयले ३ दिन विद्यालय बन्द गरेको छ ।

समुदायस्तरमा कोरोना देखिन थालेपछि विध्यार्थिलाई सुरक्षित राख्न विद्यालयको शैक्षिक पठन बन्द गर्नपरेको विद्यालयका प्रधानाध्याक रामचन्द्र अधिकारीले दिए।

मुस्ताङको जोमसोममा कार्यरत एक बैंकका कर्मचारीलाई पोखरामा स्वास्थ्य परीक्षण गर्दा डेंगुसहित कोरोना पोजिटिभ देखिएको थियो ।

जोमसोमस्थित सांग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना पोजिटिभ देखिएको थियो ।

त्यस्तै ,मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा कागबेनी घरभइ काठमाडौं बसोबास गर्ने एक ५२ वर्षीया महिला मुस्ताङ आउँदा बिरामी भइ काठमाडौंमा उपचार गर्ने क्रममा कोरानाबाट मृत्यु भएको थियो।

पछिल्लो समय यता विभिन्न जिल्लाका ब्याक्तिहरु मुस्ताङमा स्याउ ,आलु ,गाजर र दसैंका लागि भेडा-च्याङ्ग्रा खरिद गर्न जाने गरेका छन्।

अहिले सरकारले लकडाउन खोलेपछि विभिन्न कर्मचारी ब्यापारीहरु आवतजावत गर्ने गरेका छन् ,यिनै व्यक्तिहरुबाट समुदायस्तरमा कोरोना फैलीएको हुनसक्ने सबैको अनुमान छ ।,

अहिले सम्म गर्न जोनमा परेको मुस्ताङ्ग जिल्लामा कोरोना देखिएपछि नेपालका ७७ वटै जिल्लामा कोरोना फैलीएको छ।

 

Naumule Badhipahiro