देहरादूनमा ५१ नेपालि विद्यार्थी कुटीए सरकार भन्छ १० विद्यार्थी मात्र ,

कार्तिक १४ ,काठमान्डौ – सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर ध्यान भएको बताएको छ।

घटनाप्रति ध्यानाकर्षण हुँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिइन् ।

तेस्तै सरकारले नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी समेत लिएको बताएको छ ।

नेपाली सञ्चार माध्याममा ५१ जना नेपाली विद्यार्थी कुटीएको भनिएपनि १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको परराष्ट्र मन्त्रालय बताएको हो।

प्रवक्ता लम्सालका अनुसार उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।

तेस्तै लम्सालले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको जानकारी पनि दिइन् ।

गत १० गते भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थी निर्घात कुटिएको अभिभावकहरूले जानकारी गरेका थिए ।

५१ जना विद्यार्थी कुटीएकोमा ४२ जनालाई चोट लागेको अभ्वाभावकले बताएका थिए भने तत्काल उनीहरुको उद्दार र दोषीलाई कारबाहीको माग गरेका हुन्।

तेस्तै विद्यार्थी कुटपिट भएको घटना बाहिरिएपछि प्रतिप्वक्षि दल नेपालि कांग्रेसले पनि उनीहरुको उदारको सरकार संग माग गरेको थियो।