श्रीमान् बितेको ३ दिन पछी कलाकार सुशीला दाहालको निधन

काठमाडौँ — मान्छे जन्मे पछी मृतु स्वाभाविक नै हो तर कतिबेला के हुन्छ कसैलाई थाहा हुदैन । लामो समयदेखि अमेरिकामा बस्दै आएकी कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । अमेरिका जानुअघि सुशीलाले नेपाली फिल्ममा अभिनय गर्थिन् । उनको निधनको तीन दिनअघि श्रीमान् बद्री दाहालको पनि अस्ट्रेलियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

सुशीलाका एक छोरा र एक छोरी छन् । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण‍ बिहीबार बस्टनुमा निधन भएको कलाकार हरिवंश आचार्यले बताए । मह जोडीुसँग उनले चर्चित टेलीश्रृंखला,लालपूर्जाु, चिरञ्‍जीवीु, भकुन्डे भुतु लगायतमा अभिनय गरेकी थिइन् । हाम्रो हिट सिरियल लालपूर्जामा उहाँले मेरो आमाको भूमिका निभाउनु भएको थियो ।

चिरञ्‍जीवीु भन्ने सिरियलमा मेरो छोरीको भूमिका निभाउनु भएको थियो । उहाँ असाध्यै मिलनसार हुनुहुन्थ्यो,ु हरिवंश सम्झन्छन्, ुसुटिङमा पनि सहयोगी भावना राख्नुहुन्थ्यो । एकदमै सकारात्मक सोचको व्यक्ति हुनुहुन्थ्यो । उहाँ मलाई भाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई पनि उहाँ आफ्नै दिदीजस्तो लाग्थ्यो । राम्रो अभिनय गर्ने कलाकारमा पर्नुहुन्थ्यो ।

उनी अमेरिका बस्न थालेको ९र१० वर्ष भएको थियो । अमेरिकामा दुई पटक उनीसँग हरिवंशको भेट भएको थियो । ुचार वर्षअगाडि मात्रै अमेरिका गएको बेलामा उहाँसँग भेटेका थियौं । हाम्रो कार्यक्रम हेर्न आउनु भएको थियो,ु उनले सुनाए, ुउहाँलाई क्यान्सर भएको रहेछ । कस्तो हुनुहुन्छ रु भनेर सोध्दा मलाई ठीक हुन्छ भाइ क्यान्सरसँग लड्दै छु भन्नुहुन्थ्यो । क्यान्सर लागेर पनि झण्डै झण्डै ७र८ वर्ष बाँच्नुभयो दिदी । आज बिहान उहाँको निधनको खबर सुनें । निकै मर्माहित बनायो ।