मकालु हिमाल चढ्दा आरोही शेर्पाको मृतु ,,

जेठ १ सोलुखुम्बु – समय सिजन सुरुहुने क्रममा हिमाल चढ्ने हरुको पनि बढ्दो क्रम देखिन्छ ।, यसै क्रममा मकालु हिमाल चढ्दा आरोही शेर्पाको मृतु भएको छ ।

मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका-८ केरुङका आङ दावा शेर्पा रहेका छन् ।

आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ समूह लिएर संखुवासभामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए ।

शेर्पाको शव मंगलबारै हेलिकोप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडौँ लगी शव परीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।