रोकियो कर्णालीको मन्त्रिमण्डल पुनर्गठन,अझै लागेन टुंगो
काठमाडौं, १७ कात्तिक ।केन्द्र स्तर र कर्णालीको बि,बाद केहि दिन देखि चर्किएको छ । पार्टीगत रुपमा दिन प्रतिदिन छल भईरहेको छ । केन्द्रमा पार्टी नेताबीच बढेको अन्तरविरोधका कारण कर्णाली प्रदेशमा ओली पक्षका मन्त्रीलाई हटाएर दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मन्त्रिमण्डल पुनर्गठनको प्रयास गरेको थियो। त्यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबारदेखि नै तयारी थालेका थिए। उनले कात्तिक १२ मा काठमाडौंमा पुष्पकमल दाहाल र माधव नेपालसँग छलफल गरेका थिए ।
दाहाललाई महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि पालैपालो टेलिफोन गरेर कर्णालीको मन्त्रिमण्डल पुनर्गठन रोक्न आ,ग्रह गरेका थिए ।
उनले आइतबार मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका थिए। तर, प्रधानमन्त्री केपी ओलीले कर्णालीमा आफूपक्षीय मन्त्रीलाई ह,टाएर मन्त्रिमण्डल पुनर्गठन गरे आफूले पनि कडा कदम चाल्ने चेता,वनी दिएका थिए। आइतबार दाहाललाई टेलिफोन नै गरेर ओलीले यस्तो चेता,वनी दिएको स्रोतले बताएको छ।
‘महासचिव कमरेड र मैले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर कर्णालीको मन्त्रिमण्डल पुनर्गठन रोक्न आग्रह गर्यौं। यसले विवाद झन् बढाउँछ। समझदारीबाटै काम गरौं भन्ने आग्रह गरेका थियौं’, नेम्बाङले भने। अन्ततस् दाहालले केही दिनलाई पुनर्गठन रोक्न मुख्यमन्त्रीलाई निर्देश गरेको स्रोतले बताएको छ। ‘कर्णालीमा ठीक छ तपाईंहरू आफ्नो कदम चाल्नुहोस्, त्यसपछि म तपाईंहरूले नसोचेको कदम चालिदिन्छु भनेर फोनबाट प्रधानमन्त्रीले भनेपछि प्रचण्डले तत्काललाई रोक्न निर्देशन दिनुभएको हो,’ स्रोतले भन्यो।