कमल बिसी र रचना रिमालको स्वरमा”मार्यो मायाले”सार्वजनिकसँगै चर्चा

काठमाडौं-पछिल्लो समयमा नेपाली सांगितिक बजारमा गित संगितको चर्चा परिचर्चा बड्दै गएको पाईन्छ। अहिलेको समयमा बजारमा आएका अधिकांश गितहरू दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कमल बिसी माल्दाई र रचना रिमालको स्वरमा“मार्यो मायाले”बोलको गितको म्युजिक भिडियो कमल बिसिको आफ्नै अफिसियल युटुव च्यानल मार्फ़त सार्वजनिक गरिएकोछ ।
पारस सोनीको शब्द तथा कमल बिसी माल्दाईको संगितमा तयार भएको गीतमा किरण बि।क,रियासा दाहाल,बर्षा रानाभाट र सुदिप चौधरीको अभिनय रहेको छ । म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफ़र काजिश श्रेष्ठले उक्त गितको म्युजिक भिडियोलाई निकै फरक शैलिबाट निर्देशन गर्नु भएको हो भने छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् । म्युजिक भिडियो सम्पादन दिपक बिष्टले गर्नु भएको छ । कमल बिसिका हरेक सृजना उत्तिकै मार्मिक र लोकप्रिय बन्दै गएका छन्।
