surkhet

कर्णालीमा ५ हजार ९ सय कोरोना संक्रमित, १६ जनाको मृ,त्यु

surkhet

काठमाडौं,१९ कार्तिक-दिन प्रतिदिन कोरोना बढिरहेको बेला संक्रमितको संख्या हत्यै बढेको छ । साथै उत्तिकै कोरोना जितेर पनि घर फर्किएका छन् । कोरोना संक्रमित राजधानीमा अरु ठाउको तुलनामा अलि धेरै सक्रमित भेटिएका छन् । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा थप ६१ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । कर्णालीका दैलेख अस्पताल प्रयोगशाला, प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा १३, सुर्खेतमा ३३, जुम्लामा ३, सल्यानमा २, मुगुमा १, रुकुम पश्चिममा २ र अन्य प्रदेशका ८ गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७२ जना पुगेको छ ।

Gorkha

महाशाखाका अनुसार कर्णालीका १० जिल्लामध्ये सबै भन्दा धेरै सुर्खेतमा २ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि दैलेखमा एक हजार ५ सय ९, हुम्लामा ३४, मुगुमा ३२, डोल्पामा १५, जुम्लामा ३ सय २३, कालिकोटमा ३ सय २, जाजरकोटमा १ सय ६, रुकुम पश्चिममा १ सय ७४ र सल्यानमा ५ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । अन्य प्रदेशका ४ सय ११ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।

Dailekh

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत एवं जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार पछिल्लो २४ घन्टामा एक सय ६५ जना डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेहरुको संख्या ५ हजार २ सय २३ पुगेको छ । हाल कर्णालीमा कोरोनाको सक्रिय संक्रमितको संख्या ७ सय ४९ छ । कर्णालीमा कोरोना भाइरस ९कोभिड(१९० बाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । गत आइतबार एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो । अझै पनि समयमा सचेत हुन् सकेनौ भने यो भन्दा ठुलो समस्या आईपर्न सक्छ ।

salyan