मृत अवस्थामा प्रधानाध्यापकको श,व फेला,हत्यरालाई कारवाही हुनुपर्छ भन्दै आन्दोलन
काठमाडौं,१९ कार्तिक-४५ वर्षीय प्रधानाध्यापक घरडीको शव दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम नजिक फेला परेका हुन् । बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित डाँडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन् । मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए ।
यसका साथै उनको साथमा नगद ८५ हजार समेत भेट्टिएको छ । उनले भने,ु प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनि गोकुलेश्वर आएका बुझिएको छ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घरडीसंगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएका भएपनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ । घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन् । मृतकको शरीरमा निलडाम र घाउ देखिएकाले हत्या गरेर फालेको आफन्तको आशंका छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच मृतकको आफन्तले महाकाली राजमार्ग अवरुद्ध पारेका छन् ।
घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका हुन् । साथै उनीहरुले सत्यतथ्य छानबिन तथा दोषीलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने अडान लिएका छन्।
‘प्रधानाध्यापक घरडीको हत्या भएको आशंका छ । हामीले उहाँ बसेको होटेलसहितको ठाउँमा अनुसन्धान गर्न माग गरेका छौं, ुडिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल रानाले भने, ुप्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान गर्नुपर्छ । उहाँको हत्यामा संलग्नको खोजी गरी कारवाही हुनुपर्दछ भन्ने हाम्रो माग छ ।ु