संगित संयोजक केशब बडू अब गायनमा,”काजल”स्लो भर्जन बडुको स्वरमा सार्वजनिक

काठमाडौं- दिपावलीको शुभकामना सहित केही महिना अघि अर्थात् लकडाउनकै समयमा बजारमा आएको लोकप्रिय गीत हो ओए काजल। बजारमा आएको छोटो समयमै दर्शक स्रोताले अत्याधिक रुचाएको गित हो काजल । चक्र बमको शब्द संगीतमा तयार भएको म्युजिक भिडियोमा यति बेला म्युजिकलाई रि(एरेन्ज गरेर आफ्नो मेलोडियस आवाज बडुले स्लो भर्जनमा दिएका छन् ।

यस भन्दा अगाडी सार्वजनिक भएको गित काजलले करोड क्लब पार गरिसकेको छ । यो स्लो भर्जनले पनि उत्तिकै चर्चा बटुल्ने छ । म्युजिक भिडियोमा केशब बडुले अभिनय गरेका छन् भने उनका साथै, उनकी धर्मपत्नी श्रेया बडु र छोरी रिहानिका बडुको पनि अभिनय रहेको छ भने चक्र बम र गीत ढुंगानालाई पनि भिडियोमा देख्न सकिन्छ ।
गित संगीतका हरेक क्षेत्रमा अब्बल रहेका बडू यतिबेला सबैका मन मस्तिष्कमा बसेका छन् । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो चक्र बमकै अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो।।
