ओली प्रचण्ड वार्ता भोलि बस्ने गरि निस्कर्स सहित टुंगियो ,आजै एकता समितिको बैठक बस्ने ,,

जेठ २ काठमाडौं – एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार अढाई घण्टा भेटवार्ता भएको छ । बालुवाटारमा दुवै अध्यक्षबीच पार्टी एकताको विषयमा छलफल भएको छ ।
केही समयदेखि पार्टी एकताको विषयमा एमाले र माओवादीबीच सम्बन्ध चिसिदै गएको थियो । दुवै अध्यक्षाबीचकाे वार्ता प्रगतिउन्मुख भएको छ । दुवै अध्यक्ष बिहीबार एकता सयाेजन समितिकोकाे बैठक बसाउन सहमत भएका छन् ।
माओवादी केन्द्रका नेता जर्नादन शर्माले छलफल सकारात्मक भएको बताएका छन् ।


उनले भोली बिहीबार एकता संयोजन समितिको बैठक बसेर एकताको सम्बन्ध निर्णय लिने बताए । ‘संयोजन समितिको बैठक भोली बिहान १० बस्नेछ।, त्यो बैठकले एकता मिति तय गर्नसक्छ।
नेता शर्माले भने, संयोजक समिति छिटै एकताको मिति घोषणा गर्छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले एकता सम्बन्धिको प्रतिवेदनमा समेत दुवै अध्यक्षबीच छलफल भएको बताए । उनले एकतालाई सकारात्मक निश्कर्षमा पुर्याउन दुवै अध्यक्ष सहमत भएको बताए ।
भेटवार्ता एमालेका उपमहासचिव विष्णु पौडेल र माओवादी नेता शर्माको पनि सहभागिता रहेको थियो । एकताको विषय छलफल गर्न एमालेले पनि बुधबार बेलुका ४ बजे स्थायी समितिको बैठक समेत बोलाईएको छ ।
