बढ्दो कोरोना ल्याब टेक्निसियनको मृ,त्यु

२२ कार्तिक,काठमाडौं- झापाको शिवसताक्षी नगरपालिका (६ की २५ वर्षीय एक ल्याब टेक्निसियन युवतीको कोरोना संक्रमणका कारण शनिबार बिहान मृत्यु भएको छ । युवतीलाई रुघाखोकी, ज्वरो लगायतका समस्या बढ्दै गएपछि थप उपचारका लागि एक हप्ता अघि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

अस्पतालमा लगेर कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार झापाका कोरोना पोजिटिभ देखिएर मृ,त्यु हुनेको संख्या ५९ पुगेको छ ।